२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राथमिक तह शिक्षक पदको नतिजा निराशाजनक, कोटाभन्दा कम उम्मेदवार उत्तीर्ण

अ+ अ-

काठमाडौँ । प्राथमिक तह शिक्षक पदको नतिजा पनि निराशाजनक नै देखिएको छ । शिक्षक सेवा आयोगले सार्वजनिक गरिरहेको प्राथमिक तह शिक्षक पदको नतिजामा कोटाभन्दा कम उम्मेदवार उत्तीर्ण भइरहेका छन् ।

आयोगले हाल खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गर्दै आएको छ । हालसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाको नतिजा प्रकाशित गरिसकेको छ ।

आयोगले हालसम्म प्रावि तहको बाजुरा, अछाम, डोटी, कञ्चनपुर, कैलाली, दार्चुला, बैतडी, बझाङ र डडेल्धुराको नतिजा प्रकाशित गरेको छ । जसमा बाजुरा, अछाम, डोटी, बझाङ, दार्चुलामा कोटाभन्दा कम उम्मेदवार अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । भने कञ्चनपुर, कैलाली र बैतडीमा मात्रै कोटाभन्दा बढी उत्तीर्ण भएका छन् ।

यसअघि निमावि र मावि तहमा पनि मागभन्दा कम पास भएका छन् । मावि तहमा गत वर्ष रिक्त रहेका ३७० पदका नयाँ विज्ञापन आह्वान गरेको छ । जुन जुन पद रिक्त रहेका थिए त्यही पदलाई यथावत राखेर आयोगले यो वर्षका लागि विज्ञापन आह्वान गरेको हो । यो वर्षको विज्ञापनबाट पनि पदपूर्ति हुन नसकेको खण्डमा अर्को पटक ती सिटहरू स्वतः खुला पदमा जानेछन् ।

निमावि तहमा पनि ६४७ कम शिक्षक सिफारिस भएका थिए ।

आयोगले २ हजार ६०६ रिक्त पदमा शिक्षक माग गर्दै विज्ञापन आह्वान गरेको थियो । तर, आयोगले माग गरेको भन्दा ६४७ कम शिक्षक सिफारिस भएका थिए । गणित विज्ञान, गणित, विज्ञान लगायतका विषयमा कोटाभन्दा कम शिक्षक सिफारिस भएका थिए ।

प्रतिक्रिया दिनुहोस