१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फोहोर फाल्नेलाई जरिवाना नगरेसम्म बागमती सफा हुँदैन’

अ+ अ-

काठमाडौँ । लामो समयदेखि सफाइ अभियान सञ्चालन गरे पनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन।

अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्येश्वरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए।

उनका अनुसार अझै पनि बागमती नदीमा मोटरका पार्टपुर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ। सफाइको मुख्य जिम्मेवारी स्थानीय सरकारको भए पनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन्।

स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ। बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रूपमा काम नगर्दा अभियानकर्मीले दुःख व्यक्त गरेका छन्।

बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगंगा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन्।

सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौं महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ। अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ।

‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९स् ३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरूक बनाएको छ। काठमाडौं उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ।

यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदा स्थलमा सफाइ भइरहेको छ। उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ। बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ। जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ।

हप्तामा दुई घण्टा देश सेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी न नदी किनारमा उत्रने गरेका छन्। काठमाडौँ उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भइसकेको छ। अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस