२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राथमिक तह शिक्षक पदमा सुदूरमा कोटा भन्दा कम परिक्षार्थी उत्तीर्ण

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशका लागि शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञापनमा लिखित परीक्षामा माग कोटा संख्या भन्दा कम परिक्षार्थी उत्तीर्ण भएका छन् ।

आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको लागि २०७८ साल चैत्र १९ गते र २०७९ साल असार १३ गते लिएको खुल्ला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परिक्षाको नतिजा सार्वजनिक गरेको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको नतिजा अनुसार बैतडी, कञ्चनपुर र कैलाली जिल्ला बाहेकका अन्य सबै जिल्लामा माग कोटा भन्दा कम परिक्षार्थीहरू अन्तर्वार्ताका लागि छनोटमा परेका छन्।

आयोगले दिएको तथ्याङ्क अनुसार अछाम जिल्लामा १ सय ३७ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय ९० जना सहभागी भएका थिए भने सो मध्य १ सय ३५ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै डोटीमा १ सय ४८ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ३ सय ९ जना सहभागी भएका थिए भने सो मध्य १ सय ३४ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् ।

त्यस्तै दार्चुलामा १ सय ३२ जनाको कोटा थियो जसमा लिखित परीक्षामा २ सय ५९ जना सहभागी भएका थिए भने सो मध्य १ सय २ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै बैतडीमा २ सय ४ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ५ सय ७६ जना सहभागी भएका थिए भने सो मध्य २ सय ३ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् ।

त्यस्तै बझाङमा ९६ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय १३ जना सहभागी भएका थिए भने सो मध्य ७७ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै डडेलधुरामा ९५ जनाको कोटा थियो जसमा लिखित परीक्षामा १ सय ४४ जना सहभागी भएका थिए भने सो मध्य ८५जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् ।

त्यस्तै कैलालीमा ७४ जनाको कोटा थियो जसमा लिखित परीक्षामा २ सय ५जना सहभागी भएका थिए भने सो मध्य ८१ जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । त्यस्तै कञ्चनपुरमा ७६ जनाको कोटा थियो जसमा लिखित परीक्षामा २ सय १८ जना सहभागी भएका थिए भने सो मध्य ८० जना अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । भने त्यस्तै बाजुरामा ७३ जनाको कोटा थियो जसमा लिखित परीक्षामा ८२ जना सहभागी भएका थिए भने सो मध्य ६५ जना अन्तर्वार्ताका लागि छनौटमा परेका थिए ।

शिक्षक सेवा आयोगले पाठ्यक्रम परिवर्तन गरी दुई चरणमा परीक्षा लिने प्रणालीको सुरुवातले गर्दा माग कोटा भन्दा कम उत्तीर्ण भएको हुनसक्ने सुदूरपश्चिम शिक्षा विकास निर्देशनालय दिपायलका शाखा अधिकृत एवं सूचना अधिकारी कृष्ण बहादुर बोहराले बताए ।

उनले भने ‘आयोगले पहिलो एकै चरणमा १०० पूर्णाङ्कको विषयगत परीक्षा लिन्थ्यो उक्त परीक्षामा उत्तीर्ण भएकाहरू अन्तर्वार्तामा सहभागी हुने पाउने व्यवस्था थियो तर त्यो व्यवस्था परिवर्तन गरी यस वर्षदेखी पहिलो चरणमा १०० पूर्णाङ्कको बस्तुगत परीक्षा हुन्छ त्यसमा उत्तीर्ण भइसकेपछि मात्र दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने प्रावधान रहेको छ ।’ दोस्रो चरणको परीक्षामा उत्तिण भएकाहरुमात्र अन्तर्वाताको लागि छनोट हुने भएकाले पनि कम उत्तीर्ण भएको हुन सक्ने बताए ।

पाठ्यक्रम ढाँचा र परीक्षा प्रणालीमा परिवर्तन हुँदा उम्मेदवारहरूको तयारी पुग्न नसकेका कारण माग कोटा भन्दा कम उत्तीर्ण भएको हुनसक्ने शिक्षा तालिम केन्द्र दिपायलका प्रमुख गोविन्द प्रसाद पोखरेलले बताए । उनले भने यस पटक पाठ्यक्रम परिवर्तन भएको छ परीक्षा प्रणाली दुई चरणमा भयो परिक्षार्थीहरूको तयारी पुगेन ।

यस अघि निमावि र मावि तहमा पनि माग भन्दा कम पास भएका छन् । मावि तहमा गत वर्ष रिक्त रहेका ३७० पदका नयाँ विज्ञापन आह्वान गरेको छ । जुन जुन पद रिक्त रहेका थिए त्यही पदलाई यथावत राखेर आयोगले यो वर्षका लागि विज्ञापन आह्वान गरेको हो ।

यो वर्षको विज्ञापनबाट पनि पदपूर्ति हुन नसकेको खण्डमा अर्को पटक ती सिटहरू स्वतः खुला पदमा जाने प्रावधान रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस