९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि नारायणी नदीमा चल्न थाल्यो पानी जहाज

अ+ अ-

चितवन । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ।

राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको हो ।

करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो। कोभिड महामारीका र केही नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन सकेको थिएन। अहिले सबै प्रक्रिया पुरा गरेर क्रुज सीप सञ्चालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुङ्गेलले बताए ।

आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने बताए, तीन तलाको क्रुज सीपमा १८० जना अट्ने छन्। यसको कुल क्षमता भने २०० रहेको छ।

यसमा यात्रा गर्ने सबै यात्रुहरूको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ। क्रुज सीपको टिकट दर सात सय रहेको छ। ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लन्च क्रुजिङ दुई हजार, डिनर क्रुजिङ दुई हजार पाँच सय रहेको छ।

भरतपुर महानगरपालिका– १६ मङ्गलपुर काभ्रे घाटबाट देवघाटसम्म सञ्चालनमा आउने भने पनि अहिले पानीको सतह कम भएकाले तत्काल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ।

नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो। सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ। जल पर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले जनाएको छ।

नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रे घाटमा सिपको स्टेसन रहेको छ।

प्रतिक्रिया दिनुहोस