११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन 

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हब’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । 

मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हब अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । 

उनले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि पोखरास्थित अन्य मेडिकल कलेज र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालसँग पनि समन्वय गरिएको जनाएको छ ।

सह प्रवक्ता अधिकारीले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा एक प्रतिनिधि दुर्घटना स्थलमा आवश्यक समन्वयका लागि खटाइएको साथै उपचार तथा शव व्यवस्थापनका लागि हब तथा सेटेलाइट अस्पतालसँग समन्वय गरिएको बताए ।

आज (आइतबार) बिहान काठमाडौँबाट पोखराका लागि उडेको ७२ जना सवार यती एयरलाइन्सको विमान सेती नदीको खोचमा दुर्घटना हुँदा सवार ६८ निधन भएको पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस