१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

अ+ अ-

काठमाडौँ । सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुङ्ग्याएको हो।

सहमति अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ७ वटा मन्त्रालय पाउने भएको भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो ।

एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति एको छ ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । त्यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टी लाईसमेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको छ । यदि यी दुई पार्टी सरकारमा आउने भए भागबन्डामा केही तलमाथि हुनेछ । 

यसअघि प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच भएको भेटवार्तामा मन्त्रालयको भागवण्डा टुंगिसकेको छ।

मंगलबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।

गत पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रधानमन्त्री प्रचण्डले तीन सातापछि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस