८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश सभामा महिला सभामुख

अ+ अ-

कर्णाली । विसं २०७४ को प्रदेशसभा र गठित प्रदेश सरकार ऐतिहासिक सङ्घीय संरचना कार्यान्वयनको प्रारम्भ थियो । सङ्घीयताको व्यवहारिक अभ्यासमा जाँदै गर्दा पहिलो कार्यकालमा सात प्रदेशमध्ये कुनै पनि सभामुख पदमा महिला पाउन सकेको थिएन ।

राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात् प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित भएका थिए । संसद्मा सभामुख र उपसभामुखमा पुरुष वा महिला अनिवार्य हुनुपर्ने संवैधानिक बाध्यताले सबै प्रदेशमा पहिलो कार्यकालमा महिला उपसभामुखमा मात्र चुनिए ।

विसं २०७९ को निर्वाचनपश्चात् कर्णाली प्रदेश सभाले आइतबार मात्र सभामुख प्राप्त गरेको छ । यही माघ १ गते सम्पन्न भएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको तेस्रो बैठकले प्रदेशसभा सदस्य नन्दा गुरुङलाई सभामुखमा निर्वाचित गरेको हो । सभामुखमा निर्वाचित उनी सङ्घीयताको इतिहासमा प्रदेशसभामा पहिलो महिला सभामुख छिन् ।

यस्तो छ नव नवनिर्वाचित सभामुख गुरुङको जीवनी

विसं २०२३ फागुन २ गते आमा कुमारी र बुवा लालबहादुर गुरुङको जेठी छोरीका रूपमा दैलेखको नारायण नगरपालिका–७ नयाँगाउँमा जन्मिएकी थिइन् । आमा बुवासहित परिवार बसाइँ सरेपछि उनको बाल्यकाल भने बर्दियाको बढैयाताल गाउँपालिकामा बित्यो । उनले प्रारम्भिक शिक्षा बर्दियाबाट लिइन् ।

घरमा दाजुहरू राजनीतिमा आबद्ध भएकाले गुरुङमा सानै उमेरदेखि राजनीतिक प्रभाव थियो । त्यही प्रभावले आठ–नौ कक्षा पढ्दा नै राजनीतिकबारे बुझ्न थालेकी उहाँले विसं २०४६ अघि प्रतिबन्धित अवस्थामा अनेरास्ववियू छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेकी गुरुङले विसं २०४६ पछि नेकपा ९एमाले०को राजनीतिमा जोडिइन् ।

एमालेको प्रारम्भिक कमिटी, वडा, क्षेत्र हुँदै जिल्ला कमिटीमा आबद्ध भएर सदस्यका रूपमा काम गरिन् । त्यस्तै युवासङ्घको जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिन् । पछि विसं २०५४ मा हालको वीरेन्द्रनगर नगरपालिका–२(साबिकको उत्तरगङ्गा गाविस–४ सुर्खेत)को वडा सदस्यमा विजयी भइन् । त्यही सालमा मेनिन्जाइटिस् रोगका कारण उनले पति धर्मबहादुर गुरुङलाई गुमाउनु पर्‍यो ।

एकल महिलाको सङ्घर्षपूर्ण जिन्दगीलाई उनले समाज सेवामा लगाउँदै पछि खुला शिक्षातर्फ वीरेन्द्रनगर–१२ अमरज्योति माविबाट विसं २०६५ मा एसएलसी, २०६६/६७ मा जनमाविबाट प्रवीणता प्रमाणपत्र तह र २०७० मा सुर्खेत क्याम्पस शिक्षाबाट स्वास्थ्य विषय लिएर स्नातक पास गरिन् ।

अखिल नेपाल महिला सङ्गठनको जिल्ला संयोजक र केन्द्रीय सदस्यका रूपमा काम गर्दै आएकी गुरुङ अहिले प्रदेश कमिटी सदस्य छिन् । उनी एकल महिला तथा महिलाहरूको हकहितका लागि पनि क्रियाशील छिन् । । हाल मानवअधिकारका लागि एकल महिला समूह सुर्खेतको कोषाध्यक्ष पनि छिन् । तीन दाजु र आफूसहित एक बहिनी भएकी नव निर्वाचित सभामुख गुरुङका दुई छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस