काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पदभार ग्रहण गरेका छन्। मन्त्री भण्डारीले मङ्गलवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयता शपथ लिएसँगै मन्त्रालयको कार्यभार सम्हालेका हुन्।
मन्त्रालयमा चुनौतीका चाङ रहेको बताउँदै उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने मुख्य चुनौती रहेको मन्त्री भण्डारीले बताए ।
साझा मुद्दामा सहमति गरेर मात्रै अघि बढ्ने बताएका मन्त्री भण्डारीले विश्व बजारमा नेपाली सामग्रीहरूलाई प्रतिस्पर्धी बनाइ अघि बढाउनुपर्ने धारणा राखे ।
मन्त्री भण्डारीलाई उद्योग सचिव तोयनारायण ज्ञवाली र वाणिज्य सचिव मधुकुमार मरासिनीले स्वागत गरेका थिए।