९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुनै म्यानपावरमा मेरो लगानी छैन : श्रम मन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले म्यानपावर क्षेत्रमा आफ्नो कुनै लगानी नरहेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना भएपछि आफू उक्त क्षेत्रमा संलग्न नरहेको स्पष्ट पारेका हुन्।

उनले लेखेका छन्, ‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन। हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर, त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी। समाचार बनाउनेहरूले नै भन्दिनुस् न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ? मैले कुनै गलत काम गरेर एक पैसा पनि आर्जन गरेको छैन। राजनीतिमा संलग्न भए पछि त झन् कतै पनि प्रत्यक्ष आबद्ध छैन ।’

मन्त्री अर्यालले आफ्नो कार्यकालमा ऐतिहासिक कामहरू गर्ने बताएका छन्। उनले सञ्चार माध्यमको स्पेस आफ्ना राम्रा कामहरूका लागि पनि खाली राख्न आग्रह गरेका छन्।

मन्त्री अर्यालले भनेका कुरा पूरा नगरेको खण्डमा आफू कुर्सी खाली गर्न तयार रहेको समेत बताए। उनले देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नै नरहेको बताएका छन्।

उनले अगाडि लेखेका छन्, ‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन। एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन ।’

प्रतिक्रिया दिनुहोस