६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चिनिया राजदूतबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरवारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा उनीहरुबीच भेट भएको हो ।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ, सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए । ‘दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठुलो महत्त्व दिएका छन्’,उनले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । हामी हाम्रो भू–भागमा चीनका गहन चासोका विषय तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौँ ।’

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे । उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरमा भएका ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई), पारवहनलगायत सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरे ।

कोरोना महामारी र बाढी पहिरोका कारण अवरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताए । ‘हाल केरुङ/रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ । हिल्सा/पुराङ नाकामा पनि एकातर्फी सुचारु भएको छ,’ उनले भने, ‘यसले दुई देशबीचको व्यापार प्रवर्द्धन गर्न एवम् सीमा क्षेत्रका बासिन्दाको जीवनयापनमा सहजता ल्याउने विश्वास रहेको छ । अबका दिनमा हामीले तातोपानी/जाङमु द्विपक्षीय व्यापारको रूपमा र अन्य नाकाबाट आयातको व्यवस्था गर्न आवश्यक छ ।’ त्यसै गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरे ।

‘नेपाल–चीन बीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुनः निर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ’, उनले भने, ‘यसका लागि महामहिमले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

भेटमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रूपमा लामो समयदेखि सुमधुर तथा कूटनीतिक रूपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे ।

उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभलगायतका सम्झौताको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनले दुई देशको सरकार र संसद्बीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस