६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीलाई सङ्घीय मन्त्री नदिएको गुनासो

अ+ अ-

कर्णाली । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सङ्घ सरकारमा कर्णाली अट्न नसकेको टिप्पणी गरेका छन् ।

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पाँचौँ बैठकमा बोल्दै नेता शाहीले कर्णालीप्रति केन्द्रले हेर्ने दृष्टिकोण आज पनि सकारात्मक नभएको जिकिर गरे । ‘कर्णालीबाट अनुभव बटुलेका नेताले जितेर गएका छन्,’ उनले भने, ‘तथापि मङ्गलवार विस्तार भएको सङ्घ सरकारको मन्त्रिपरिषद्मा कर्णाली अट्न सकेन ।’

कर्णालीको मुख्यमन्त्रीसमेत भइसक्नुभएका नेता शाहीले नकारात्मक व्यवहार गरिएको भन्दै केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘केन्द्रले अहिले देखाएको व्यवहार हामीले साझा चिन्तन र एकमत भएर हिँड्न नसकेको परिणाम हो ।’

कर्णालीको प्रतिपक्ष गरिबी, रोग र अशिक्षा भएको उल्लेख गर्दै उनले सबै मिलेर कर्णाली निर्माणको अभियानमा हातेमालो गर्ने उदाहरणीय व्यवहार देखाउन सम्पूर्ण प्रदेशसभा सदस्यलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस