१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवार वैद्यखानाका कर्मचारीले तीन महिनादेखि पाएनन् तलब

अ+ अ-

काठमाडौँ । सिंहदरवार वैद्यखाना विकास समितिका कर्मचारीले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

तलब नपाउँदा कोठा भाडा तिर्न, बिहान बेलुका हातमुख जोर्न र बालबालिकाको विद्यालय शुल्क तिर्नसमेत समस्या भएको कर्मचारीहरूको गुनासो छ । समितिका स्वीपर सानुबहादुर पोडेलले रु ४५ हजारमा किनेको टेलिभिजन रु २० हजारमा बेचेर कोठा भाडा तिरेको बताए ।

तीन महिनादेखि तलब नपाउँदा समितिका कविराज वैद्यका रूपमा कार्यरत आदित्य ठाकुरलाई पनि घर खर्च चलाउन मुस्किल भएको छ । समितिले क्षमताअनुसार औषधि उत्पादन गर्न नसक्दा समस्या हुन थालेको छ । समितिमा लामो समयदेखि कार्यालय प्रमुखका लागि विवाद हुँदै आएको छ ।

समिति गठन आदेशमा आयुर्वेद समूहको ११औँ तहको कर्मचारीलाई कार्यकारी निर्देशक बनाउने व्यवस्था भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०औँ तहका कर्मचारीलाई निमित्त बनाएर पठाउन थालेपछि लामो समयदेखि कार्यालयमा विवाद हुँदै आएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा. रामदेव यादवले उत्पादन नभएका कारण पैसा नभएर कर्मचारीलाई तलब खुवाउन नसकेको जानकारी दिए ।

गत असोज १४ गते निमित्त कार्यालय प्रमुख भएर आएका उनले एक महिनाको तलब र पोशाक भत्ता उपलब्ध गराएको बताए । असोजअघि पनि समितिका कर्मचारीले तीन महिनाको तलब एकै पटक पाएका थिए । त्यसबेला डा. श्यामबाबु यादव निमित्त कार्यालय प्रमुख भएर आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा कर्मचारीलाई तलब उपलब्ध गराइएको थियो ।

निर्वाचन आचारसंहिता जारी भइरहेका बेला निमित्त कार्यालय प्रमुख नियुक्त भएर आएको भन्दै समितिका अधिकांश कर्मचारीले यादवलाई स्वीकारेका छैनन् । निर्वाचन आयोगले मन्त्रालयलाई आचारसंहिता जारी भएका कारण भएको नियुक्ति खारेज गर्न आदेश दिए पनि कार्यान्वयन भएको छैन ।

प्रतिक्रिया दिनुहोस