६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

अ+ अ-

काठमाडौँ । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको छ । अहिले मौसम बिस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ ।

आज बिहान भिजिबिलिटी कम हुँदा बिहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसक्दा भारतको कोलकात्ता ‘डाइभट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।

त्यस्तै भारतको मुम्बइबाट आएको बिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस