१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन नेकपा बहुमतको प्रस्ताव 

अ+ अ-

काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना सञ्चालनको जिम्मा दिन सरकारसँग प्रस्ताव गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज मागपत्र बुझाउँदै नेकपा (बहुमत) का संयोजक बास्तोलाले उक्त कागज कारखाना सञ्चालनका लागि आवश्यक जनशक्ति आफ्नो पार्टीबाट उपलब्ध गराउने प्रस्ताव गरेका छन् ।

सो कारखाना नाफा नहुन्जेल आफूहरूले चलाउने र सक्षम भएपछि पूर्णरुपमा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको उनको भनाइ छ ।  कुनै समय अत्यन्त सफल मानिएको सो उद्योगको जग्गा र सम्पत्ति अहिले अलपत्र अवस्था छ । सरकारले सो कारखाना निजी क्षेत्रलाई सञ्चालन गर्ने जिम्मा दिएको भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । संयोजक बास्तोलाले सरकार र जनताको सहभागितामा बन्द भएका उद्योगधन्दा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे । 

भृकुटी कागज कारखानासँगै ललितपुरको हरिसिद्धी इँटा टायल कारखाना, बाँसबारी छाला जुत्तालगायत कारखाना निजी क्षेत्रबाट सञ्चालन गर्ने गरी बिक्री भए पनि ती अझै सञ्चालनमा आउन सकेका छैनन् । उनले लामो समयदेखि बन्द रहेका कारखाना सञ्चालन गर्न पनि माग गरे ।  रोजगारी सिर्जना गर्ने ठूला राष्ट्रिय कारखाना सञ्चालनको अभियान सुरु गर्ने उनको भनाइ छ । 

नेकपा बहुमतले जनजीविका, राष्ट्रियता, किसान, भूमिहीनलगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस