७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाको सिञ्जामा मालपोत र नापी कार्यालय स्थापनाको माग

अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाका लागि स्थानीय तथा सरोकारवालाले अर्थ मन्त्रालयसँग माग गरेका छन् ।

पुस २० गते अर्थ मन्त्रालयले कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने निर्णय गरेपछि कार्यालय स्थापना गर्न बाधा पुगेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

स्थानीय स्तरमा मालपोत र नापी कार्यालय स्थापना आवश्यक भएकाले राजनीतिक दल र जनप्रतिनिधिले यो विषयबारे आवाज उठाउनुपर्ने स्थानीय उमेश बुढा बताउँछन्।

हिमा, सिञ्जा र कनकासुन्दरीको केन्द्रसमेत रहेको नराकोटमा मालपोत र नापी कार्यालय स्थापनाको काम अन्तिम चरणमा पुगेको अध्यक्ष धितालले बताए।

सिञ्जाको गाउँ सभाको निर्णय र मागपत्र सम्बन्धित निकायलाई बुझाइएको छ। मालपोत र नापी कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालयको सिफारिसमा तत्कालीन सांसद गजेन्द्रबहादुर महतले भूमिसुधार मन्त्रालयमा दिनुभएको निवेदन पेस भइसकेको अध्यक्ष धितालको भनाइ छ।

भूमिसुधार मन्त्रालयले जुम्लास्थित सर्वपक्षीय निर्णयको माग गरे अनुसार नै जिल्लामा सर्वदलीय निर्णय गरी पठाएको छ । सोही निर्णयका आधारमा भूमिसुधार मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएको थियो।

अर्थ मन्त्रालयलेभने कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा थप गृहकार्य गर्नुपर्ने भन्ने निर्णय गरेपछि कार्यालय स्थापनाको काम रोकिएको सिञ्जा गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस