८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा खाद्य प्रयोगशाला परीक्षण सुरु

अ+ अ-

सुर्खेत/भेरीगङ्गा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ ।

गत जेठदेखि सञ्चालनमा ल्याएको थियो अहिले भने परीक्षण नै सुरु गरिएको कार्यालयले जनाएको हो । यसले गर्दा गुणस्तरयुक्त खाद्य पाउने नागरिक अधिकारलाई सघाउ पुर्‍याएको कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।

‘अहिले दैनिक उपभोग्य वस्तुको प्रयोगशालामा मापन भइरहेको पनि उनको भनाइ छ । दैनिक उपभोग्य वस्तुको गुणस्तरयुक्त छ कि छैन ? भनेर हामीले कर्णाली पहिलो प्रयोगशाला परीक्षण सुरु गरेका छौँ ।’ उनले भने, ‘अब गुणस्तर मापन गर्न बाहिर पठाउनुपर्ने बाध्यता त हटेको छ भने नागरिकलाई गुणस्तरयुक्त खाद्य वस्तु उपभोगमा समेत सघाउ पुगेको छ ।’

यसैबीच कार्यालयले तीन महिनाको प्रगति सार्वजनिक गरेको छ । दोस्रो त्रैमासिक प्रगति सार्वजनिक गर्दै ४१ दशमलव ९० प्रतिशत लक्ष्य पूरा गरेको कार्यालयको भनाइ छ । जसअन्तर्गत कार्यालयले ४१ दशमलव ९० प्रतिशत भारित प्रगति र ३० दशमलव ७७ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ ।

कार्यालयका निमित्त प्रमुख थापाका अनुसार पहिलो त्रैमासिकमा कार्यालयले ४० दशमलव ६७ प्रतिशत भारित प्रगति र ५६ दशमलव ६८ प्रतिशत वित्तीय प्रगति गरेको थियो । कार्यालयले गुणस्तरीय खाद्यान्न उपयोग गर्ने नागरिकको अधिकारलाई ध्यानमा राख्दै बजार अनुगमनसँगै उपभोक्ता सचेतनाका कार्यक्रमलाई बढवा दिएको उनको भनाइ छ ।

कार्यालयले तीन महिनामा प्रदेशभर खाद्य बजार ३४, खाद्य उद्योग २९, दाना बजार दुई, दूध, तेल, पानी उत्पादन गर्ने उद्योग १९, होटेल/रेस्टुरेन्ट, मिठाइ पसल ३३ गरी एक सय १४ वटा दैनिक उपभोग्य वस्तुको अनुगमन गरेको जनाएको छ ।

अनुगमनका क्रममा कार्यालयले छ लाख ८५ हजार सात सय मूल्य बराबरको गैर खाद्य वस्तु जफत गरी नष्ट गरेको छ भने छ महिनामा आठ लाख २० हजार दुई सय मूल्यको खाद्य नष्ट गरेको निमित्त प्रमुख थापाले बताए । कार्यालयले हालसम्म एक लाख ९२ हजार राजस्व सङ्कलन गरेको छ । प्रदेशभर हेर्ने जिम्मेवारी दिइएको भए पनि भौगोलिक विकटता, सीमित स्रोत साधन र कर्मचारी अभावका कारण काम गर्न चुनौती रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस