७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डद्वारा १६ करोड रुपैयाँ सहयोग

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९ महिला सहित २८० जना श्रमिकको परिवारले यो खर्च पाएका हुन् ।

यस्तै अङ्गभङ्ग वा बिरामी भएका ३१ जना श्रमिकले औषधोपचारबापत १३ करोड तीन लाख ३७ हजार रुपैयाँ पाएका छन् । वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई पनि बोर्डले औषधोपचार खर्च प्रदान गर्छ । आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ७ वटा परिवारले यो सेवा पाएका छन् । यस विषयमा बोर्डले तीन लाख ५० हजार रुपैयाँ खर्च गरेको छ ।

यस्तै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका ३९ जना श्रमिकहरूलाई उद्धारको लागि सम्बन्धित देशको नियोगसँग समन्वय गर्ने विषयमा ८ लाख १९ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ ।

यस्तै विभिन्न देशमा ज्यान गुमाएका ६३ जना श्रमिकहरूको शव नेपाल ल्याउन ४५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ । बोर्डले त्यसरी नेपाल ल्याएको मृतकको शवलाई घरसम्मै निःशुल्क ढुवानी गरिदिन्छ । यसको लागि यस आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ५३ लाख ६६ हजार ६५८ रुपैयाँ खर्च भएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिने बेला वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने हुन्छ । श्रमिकले जम्मा गरेको त्यही रकमबाट बोर्डले विभिन्न शीर्षकमा श्रमिक तथा उनीहरूका परिवारलाई आर्थिक सहायता गर्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस