६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेले सोध्यो नेशनल माइक्रोफाइनान्सलाई स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ३८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरी स्पष्टीकरण सोधेको छ । सोमबार बिहान बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष (आव) २०७८–७९ को मुनाफाबाट सेयर धनीलाई ३८.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत सङ्गठित संस्थाले नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ ।

तर, नेशनल माइक्रो फाइनान्स लघुवित्तले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप कम्पनीको धितोपत्रको कारोबार स्थगन गरिएको साथै पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिन भित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टीकरण पेस नेप्सेले निर्देशन दिएको छ ।

सोमबार बिहान ९ बजे सञ्चालक समितिको बैठक बसेको र सेयर कारोबार सुरु भएपछि ११ बजेर ४ मिनेटमा मात्रै नेप्सेमा सूचना प्राप्त भएको नेप्सेले जनाएको छ । लघुवित्तले ३८.५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दै ३० असार २०७८ मा महिला सहयात्रा लघुवित्तसँग गर्जा गरी एकीकृत कारोबार सुरु गरेकोले त्यसभन्दा अगाडि कायम सेयर धनीले लाभांशमा लाग्ने कर छुट हुने हुँदा कर प्रयोजनका लागि नगद लाभांश भने प्रस्ताव नगरेको जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीमा वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस