८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका फरार सांसद कोइरीसहित ६ जनाको विभूषण रद्ध

अ+ अ-

काठमाडौँ । सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गरेको छ । मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्ध गर्ने निर्णय गरेको हो ।

विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित भ्रष्टाचार मुद्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरू हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका केही व्यक्तिहरु विवादित रहेका भन्दै आलोचना भएपछि उनीहरूको नाम रद्ध गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्ध भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको पोखरेलले जानकारी दिए।

’प्रबल जनसेवाश्री’ घोषणा गरिएका सांसद कोइरीलाई २०७२ भदौ २५ मा मधेसमा भएको सरकारविरोधी प्रदर्शनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याको अभियोग छ। महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । का फरार व्यक्ति हुन् ।

तर उच्च अदालत जनकपुरमा जिल्ला अदालतको आदेश उल्ट्याउँदै उनलाई तत्काल पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो। त्यसयता उनी प्रहरीको फरार सूचीका छन्। तर विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भइरहेका छन्। उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षसमेत रहेका पशुपति मुरारकामाथि खानी दोहनको अभियोग छ। उनकाविरुद्ध अख्तियारले २०७८ माघ १२ मा विशेष अदालतमा ४९ करोड ४५ लाख ५१ हजार ६ सय ४५ रुपैयाँ बिगो र २ वर्ष कैद माग दाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दा फैसला नहुँदै मन्त्रिपरिषद्ले मुरारकालाई ‘सुकीर्तिमय राष्ट्रदीप’ विभूषण दिने घोषणा गरेको थियो ।

विभूषण रद्ध हुनेमा अर्का व्यापारी चिराग गोयल छन्। प्रवल जनसेवाश्री दिने घोषणा गरिएका गोयललाई योग्यता नपुगेको भन्दै रद्द गरिएको हो। एउटा पदक पाएको दुई वर्ष पुरा नहुँदै अर्को पदक दिन नमिल्ने व्यवस्थाअनुसार गत वर्ष जनसेवाश्री पदक पाइसकेकाले उनको नाम रद्ध गरिएको हो।

त्यस्तै प्रवल जनसेवाश्री रद्ध गरिएका भिमोदय नमुना मावि चितवनका शिक्षक हरिप्रसाद कँडेल र जननमुना मावि सुर्खेतका शिक्षक यामबहादुर श्रेष्ठ भ्रष्टाचार आरोपमा अनुसन्धानमा छन्।

त्यस्तै अर्का प्रवल जनसेवाश्री रद्ध गरिएका कर्मचारी शेरबहादुर श्रेष्ठ तत्कालीन अवस्थामा भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत रहेका बेला भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका छन्।

प्रतिक्रिया दिनुहोस