८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको राजीनामा माग्दै जनकपुरमा आन्दोलन 

अ+ अ-

काठमाडौँ । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ ।

जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३ वर्षीय विष्णु साहको भारतको विहार राज्यमा पर्ने सितामढी जिल्लामा हत्या भएको अवस्थामा आइतबार बिहान शव भेटिएको थियो । उनीहरू सितामढी जिल्लामै पर्ने आफन्तको घर जानेक्रममा अपहरणमा परेका थिए ।

अपहरणकारीले हत्या गरेपछि धनुषा प्रहरीले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेपछि पीडित परिवार र स्थानीय आन्दोलन थालेका हुन् । उनीहरू जनकपुरको सडकमा बसेर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

आन्दोलनकारीले रोहित र विष्णुलाई न्याय दे, प्रहरी प्रशासन मुर्दावाद, गृहमन्त्री राजीनामा देऊलगायतका नारा लगाएका छन् । धनुषाका एसपी विश्वराज खड्कालाई पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

पुस २९ गते अपहरणकारीले उनीहरूको आवाज फोनमा सुनाउँदै परिवारसँग ५० लाख रूपैयँ फिरौती मागेका थिए । फिरौती मागेलगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले उद्धारमा चासो नदेखाउँदा अपहरणकारीले दुई जनाको हत्या गरेको पीडित परिवारको आरोप छ ।

धनुषाका एसपी खड्काले समयमा जानकारी नगराएको र फिरौती मागेको रेकर्ड दिन पनि ढिला गरेको कुरा मिडियामा भनेपछि पीडित परिवार आक्रोशित बनेका छन् ।

अपहरणकारीले सुरूमा ५० लाख फिरौती मागे पनि बार्गेनिङ चल्दा २० लाखमा डिल भएको बताइएको छ । त्यसपछि भने उनीहरूले मोबाइल स्विच अफ गरेका थिए । यो घटनामा नेपाल र भारत दुवैपट्टिका अपराधीको संलग्न रहेको प्रहरीको भनाइ छ ।

घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । स्रोतका अनुसार भारतीय प्रहरीले पनि तीन जनालाई पक्राउ गरेको छ ।‌ अन्य ४ जनाको संलग्न रहेको र उनीहरूको पनि खोजी जारी राखेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस