७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा शीतलहरबाट १०० भन्दा बढीको मृत्यु

अ+ अ-

काठमाडौँ । अफगानिस्तानमा गत दुई हप्तामा चिसो मौसम र कार्बन मोनोअक्साइड विषाक्तताका कारण १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

विभिन्न प्रान्तहरूमा कम्तीमा १०४ जनाको मृत्यु भएको छ भने ५० घरहरू क्षतिग्रस्त भएका छन्, तालिबान नेतृत्वको मन्त्रालयका प्रवक्ता शफे रहीमीले बताएका छन् ।

अफगानिस्तानको घोर प्रान्तका स्थानीय अब्दुल जाहिरले चिसो मौसमका कारण आफूले एक सन्तान गुमाएको र अहिले गम्भीर आर्थिक अवस्था झेलिरहेको बताएका छन् ।

‘मेरा सबै बच्चाहरू बिरामी छन्। तिनीहरूमध्ये एकको मृत्यु भयो र अरू तीन जना अस्पतालमा छन्,’ उनले टोलो न्युजलाई बताएका छन्।

टोलो न्यूजका अनुसार कमजोर आर्थिक अवस्था भएका परिवारहरू प्रायः यस मौसममा अत्यधिक चिसोको सिकार हुने गर्दछन्।

फर्याब प्रान्तका बासिन्दा मोहम्मद अजिमले भने, ‘धेरै परिवारसँग खानेकुरा, पिउने पानी र अन्य आधारभूत कुराहरू केही पनि छैन।’

तालिबान नेतृत्वको सूचना तथा संस्कृति मन्त्रालयको तथ्याङ्क अनुसार विगत दुई हप्तामा चिसोका कारण दसौँ हजार गाईबस्तु मरेका छन् ।

टोलो न्युजले हालै उल्लेख गरेअनुसार अफगानिस्तानको हेरात प्रान्तमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा १४० जनालाई अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा भर्ना हुनेमा बालबालिका र महिला धेरै छन् ।

हेरातका बासिन्दाहरूले कडा जाडोमा घर न्यानो पार्न प्रयोग हुने ग्यास र दाउराको मूल्य बढेको गुनासो गरेका छन्।

‘गत २४ घण्टामा अस्पतालको आपतकालीन वार्डमा १३० देखि १ सय ४० जना बिरामी ल्याइएको छ,’ अस्पतालका प्रमुख अहमद फरहाद अफजालीले टोलो न्यूजलाई बताएका छन्।

तापक्रममा अचानक आएको गिरावटले समस्याग्रस्त देशमा गरिबी र खाद्यान्न र इन्धनको अभावबाट ग्रस्त भएका मानिसहरूलाई अझ नराम्ररी असर गरेको छ। चिसोका कारण चार प्रदेशमा १६ जनाको मृत्यु भएको टोलो न्युजले जनाएको छ ।

यसैबीच, चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका अधिकांश मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम घट्ने र आँधी आउने पूर्वानुमान गर्दै सम्भावित शीतलहरको चेतावनी जारी गरेको छ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार सोमबार बिहानदेखि बुधबार बिहानसम्म, उत्तर पूर्वी चीनका केही भागहरू, याङ्त्जे नदीको दक्षिणी क्षेत्रहरू र दक्षिण चीनको तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने अनुमान गरिएको छ।

जिलिनका केही भागहरूमा तापमान १६ डिग्री सेल्सियसभन्दा बढीले घट्न सक्ने पनि अनुमान गरिएको छ । केन्द्रले शीतलहरले कृषिमा पर्ने असरबारे सचेत गराउँदै तापक्रम परिवर्तन र हावा-हुरीबाट सावधानी अपनाउँन सर्वसाधारणलाई सुझाव दिएको छ ।

चीनले चार थरिको रङ्ग(कोड गरिएको मौसम चेतावनी प्रणाली प्रयोग गर्ने गरेको छ । रातोले सबैभन्दा गम्भीर मौसमको प्रतिनिधित्व गर्दछ र त्यसपछि क्रमशः सुन्तला, पहेँलो र नीलो रङले ।

प्रतिक्रिया दिनुहोस