जुम्ला । जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो ।
जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ ।
हिउँपरेपछि विशेषगरी किसानहरू खुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।
हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ ।
चन्दननाथ नगरपालिका-८ का किसान धनराशि भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् ।
हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ ।

