विराटनगर । प्रदेश १ का मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले शपथ ग्रहण गरेका छन् । उनले बुधबार (आज) शपथ लिएका हुन् ।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूले शपथ गराएका हुन्। आचार्यले प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा शपथ लिएका हुन् ।
बिर्तामोड ५, झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायधिवक्तामा नियुक्त गरेका हुन्।