८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अदालतको आदेशबाट पद गुमाउने रवि तेस्रो गृहमन्त्री 

अ+ अ-

काठमाडौँ । रवि लामिछाने सर्वोच्च अदालतको आदेशबाट पद गुमाउने तेस्रो उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्न पुगेका छन् । यसअघि रामबहादुर थापा ‘बादल’ र खगराज अधिकारी उपप्रधान तथा गृहमन्त्री रहेकै बेला सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका थिए ।

संवैधानिक इजलासबाट नेपालको नागरिकता नै अवैध ठहर भएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री रविले शुक्रवार मन्त्री पद गुमाएका छन् । 

केपी शर्मा ओली सरकारका उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापा ‘बादल’ पनि अदालतको आदेशबाट पदमुक्त भएका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमेशर राणाको इजलासले २०७८ जेठ ६ मा माओवादी छाडेर एमाले रोजेका उपप्रधानमन्त्री थापासहित सात जना मन्त्रीको नियुक्तिलाई अन्तरिम आदेश दिएर बदर गरेको थियो । 

उक्त आदेशबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री थापासहित उद्योग मन्त्री लेखराज भट्ट, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामासमेतले पद गुमाउन पुगेका थिए । 

०७८ असार ८ गते दुई उपप्रधानमन्त्रीसहित १७ मन्त्री र तीन राज्यमन्त्रीले अदालतको आदेशमा मन्त्री पद गुमाएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेसँगै मन्त्री नियुक्त गरेका २० जना एकै अन्तरिम आदेशबाट घर गए । जसमध्ये केहीले १३ दिन मात्र मन्त्री हुन पाए । 

यसरी खारेज हुनेमा तीन उपप्रधानमन्त्रीहरूमा गृहमन्त्री खगराज अधिकारी, सहरी विकास मन्त्री राजेन्द्र महतो र परराष्ट्र मन्त्री रघुवीर महासेठ थिए ।

प्रतिक्रिया दिनुहोस