११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

अ+ अ-

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित गोठ गाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भए ।

त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्छन् आचार्य । दैनिकरूपमा ७० केजीसम्म मासु बिक्री गर्दै केहीलाई रोजगारी दिएको उनको भनाइ छ । हरेस नखाएर परिवारको खर्च टार्न फ्रेस हाउस सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

सुरूमा ऋण धन गरी कुखुरा पालन गरे पनि यसबाट राम्रो कमाई हुने चाल पाएर यो व्यवसाय गरेको आचार्यको भनाइ छ । कृत्रिम खुट्टाको सहायताले तीन पाङ्ग्रे स्कुटर लिएर आवश्यक कामका लागि उनी बजार निस्कन्छन् । भारतको नागाल्याण्डमा जन्मेर आर्थिक अवस्था कमजोर भएका कारण कक्षा ८ सम्म पढे आचार्यसँग दिल्लीमा १३ वर्षसम्म सुरक्षा गार्डमा काम गरेको अनुभव छ । ‘मजदुरी गरेर घर खर्च चलाइराखेको थिए, पछि यस्तो जीवन बिताउनुपर्ने बाध्यता आइलाग्यो’, ४५ वर्षीय आचार्यले दुखेसो गरे । विगत १२ वर्षदेखि आफ्नै गाउँठाउँमा फ्रेस हाउस सञ्चालन गर्दै आएका उनी यो व्यवसायमा लाग्न सुरुआतमा स्थानीय कमल दाहाल तथा मनोज घिमिरेबाट हौसला मिलेको थियो ।

अहिले दुई छोराछोरीको पढाइ र घरपरिवारको खर्च यसैबाट चलेको छ । उनले भने, ‘आफूसँग लगानी नभएका कारण फ्रेस हाउस विस्तार गर्न सकेको छैन’, व्यवसाय सञ्चालनका लागि स्थानीय बाहेक अहिले सम्म सरकारी निकायबाट कुनै सहयोग नपाएको आचार्यको गुनासो छ । स्थानीयस्तरमै आयमूलक काममा लाग्नेलाई प्रोत्साहनस्वरूप विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र सुरूआती अवस्थामा सर्तसहितको ऋणको व्यवस्था सरकारी पक्षबाट गर्नुपर्ने उनले सुनाए ।

सुन्दरहरैँचा नगरपालिकामा दुई दर्जन फ्रेस हाउस सञ्चालनमा छन् । हिम्मतसाथ काम गरेका शङ्कर फरक र उदाहरणीय भएको सुन्दरहरैँचा नगरपालिका-७ का वडाध्यक्ष भुवनसिंह मगरले बताए । शारीरिकरूपमा अशक्त भए पनि हरेस नखाई समाजमा अघि बढेर कामगरी खानुपर्छ भन्ने सकारात्मक उदाहरण आचार्यले प्रस्तुत गर्न सफल भएको नगरस्तरीय अपाङ्ग समन्वय समिति अध्यक्ष मीना आचार्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस