७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै सकिदैन : शङ्कर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राष्ट्रपति निर्वाचनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार नकारात्मक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीको भूमिकामा शङ्का गर्ने ठाउँ नरहेको समेत बताएका हुन् ।

‘राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन,’ उनले भने, ‘प्रधानमन्त्रीले पनि सत्ता गठबन्धन भित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहनुभएको छ ।’

राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पना गर्नै नसकिने उनको तर्क छ । सङ्घदेखि प्रदेशसम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने उनले बताए । नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाए । पोखरेलले राष्ट्रपतिमा नेपाली काँग्रेसले दाबी गर्न नै नमिल्ने पनि बताए । ‘अहिले काँग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने, ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सच्चिनुपर्छ ।’

रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दबाब नदिएको पनि उनले बताएका छन् । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने सहमतिले मात्रै टुङ्गिने उनको भनाइ छ । उनले रवि लामिछानेको मुद्दाको फैसलाप्रति असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस