७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक व्यवस्थापनबाट १६ करोड राजस्व सङ्कलन

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशमा ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि २०७८ माघदेखि २०७९ पुससम्ममा गरिएका काम कारबाहीबाट १६ करोड ४३ लाख ५३ हजार राजस्व सङ्कलन भएको छ।

सो अवधिमा दुई लाख २५ हजार पाँच सय ६३ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको गगनगौडास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रनाउ इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष २०७७ माघदेखि २०७८ पुससम्मको यसै अवधिमा एक लाख ३३ हजार आठ सय ६४ सवारी चालकलाई गरिएको कारबाहीमा आठ करोड ८७ लाख दुई हजार राजस्व सङ्कलन भएको थियो ।
ट्राफिक व्यवस्थापन एवम् सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशमा यस वर्ष छ हजार दुई सय ६२ कार्यक्रम सञ्चालन गर्दा नौ लाख ६० हजार एक सय ४६ जना सहभागी भएका र अघिल्लो वर्ष यसै अवधिमा गरिएको कार्यक्रममा पाँच हजार ३८ वटा कार्यक्रममा चार लाख ७६ हजार आठ सय ५४ जना सहभागी भएको प्रनाउ सुवेदीले बताए ।

प्रदेशमा यस वर्ष चार सय दुई वटा दुर्घटना भएकामा दुई सय १३ मानिसको मृत्यु, तीन सय ८१ जना सख्त घाइते, दुई सय ४५ सामान्य घाइते भएका र त्यसमा पाँच सय १४ वटा सवारीसाधन परेको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष चार सय १५ वटा दुर्घटना हुँदा दुई सय ५१ जनाको मृत्यु, दुई सय ७४ सख्त घाइते, दुई सय ७० जना सामान्य घाइते भएका र त्यसमा पाँच सय ५४ सवारीसाधन परेका थिए ।

ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणका लागि सञ्चालित नमस्ते अभियान, विद्यालय सचेतना कार्यक्रम, चालकसँग एक मिनेट कार्यक्रम, वातावरण मैत्री ट्राफिक व्यवस्थापन, यात्रु सहायता कक्ष र प्रशिक्षण जस्ता १२ वटा शीर्षकका कार्यक्रम प्रभावकारी बनेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस