७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोड सम्पत्तिको स्रोत नखुलेपछि इन्जिनियर आचार्यलाई एक वर्ष कैद सजाय

अ+ अ-

काठमाडौँ । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा एक इन्जिनियरलाई दुई करोड रुपैयाँ बिगोबमोजिम जरिवाना तथा एक वर्ष कैद सजाय सुनाएको छ। 

भरतराज आचार्यसमेत दुईजना माथि मुद्दा दायर भएकोमा सोमबार उनीहरूलाई दोषी ठहर गर्दै सजाय सुनाइएको हो। विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले यस्तो फैसला गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ असार २०७७ मा आचार्यसहित उनकी श्रीमती रीतादेवी खनालविरुद्ध जफत प्रयोजनका लागि मुद्दा दायर भएको थियो।

सडक विभागअन्तर्गतका इन्जिनियर आचार्यले २०४१ सालमा सब ओभरसियर पदबाट सरकारी सेवामा प्रवेश गरेका हुन्। अख्तियारको अनुसन्धानअनुसार २०७६ जेठ मसान्तसम्म उनले ५ करोड २९ लाख ४२ हजार रुपैयाँ आर्जन गरेका थिए। जब कि वैध आय २ करोड ७ लाख रुपैयाँ मात्र हुनुपर्ने थियो। 

यसरी ३ करोड २१ लाख ६२ हजारभन्दा बढी सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको अभियोग दाबीसहित मुद्दा दायर भएकोमा लगभग दुई करोड रुपैयाँको स्रोत खुलाउन नसकेको भन्दै अभियोग दाबी ठहरको फैसला भएको हो। 

विशेष स्रोतका अनुसार उनलाई एक करोड ९० लाख १९ हजार रुपैयाँभन्दा बढी बिगोबमोजिम जरिवाना तोकिएको छ। पछिल्लो समय आचार्य सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा कार्यरत थिए। 

आइतबार पनि विशेषले एकजना सरकारी कर्मचारीलाई गैरकानुनी सम्पत्ति मुद्दामा सजाय सुनाएको थियो। राजस्व अनुसन्धान विभागका अधिकृत रामजी रिजाललाई ६ महिना कैद तथा साढे ४६ लाख हाराहारी बिगोबमोजिम जरिवाना हुने फैसला भएको थियो। 

प्रतिक्रिया दिनुहोस