८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैदी बन्दीलाई नगरपालिकाद्वारा खाट सहयोग

अ+ अ-

दमौली । तनहुँको भानु नगरपालिकाले जिल्ला कारागार तनहुँलाई खाट हस्तान्तरण गरेको छ । कैदी बन्दीलाई सुत्नका लागि सहज होस् भन्ने उद्देश्यसहित नगरपालिकाले कारागारलाई खाट प्रदान गरेको हो ।

नगरप्रमुख आनन्दराज त्रिपाठीले १४ थान ‘डबल बेड’ साइजको खाट हस्तान्तरण गरेका छन् । उनले कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीलाई ती खाट हस्तान्तरण गर्दै नगरपालिकाले सामाजिक उत्तरदायित्वअन्तर्गत रु एक लाख बराबरको खाट सहयोग गरेको बताए । उनले भने, ‘कैदी बन्दीको सहजताका लागि विभिन्न पालिकाले सहयोग गरिरहेको थियो, कारागारका तर्फबाट हामीलाई पनि अनुरोध भएबमोजिम सहयोग गरेका हौँ ।’

सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने योजना रहेको बताए । कारागारलाई यसअघि व्यास नगरपालिकाको तर्फबाट ४०, म्याग्दे गाउँपालिकाको तर्फबाट ११, बन्दीपुर गाउँपालिकाको तर्फबाट पाँच, क्रिष्टिना गुरुङको तर्फबाट छ थान खाट सहयोग भइसकेको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिकाले रु ५० हजार सहयोग गरेको थियो । देवघाट र घिरिङ गाउँपालिकालाई पनि सहयोगका लागि अनुरोध गरिएको निमित्त कारागार प्रमुख अधिकारीले बताए ।

कारागार तनहुँका कैदीबन्दीका लागि नयाँ भवन निर्माण भएको छ । यसअघि पुरानो भवन हुँदा क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण भुईँमा सुत्नुपर्ने बाध्यता थियो । एक सय ३५ जना क्षमताको कारागारमा हाल दुई सय ९५ कैदीबन्दी छन् । (ए) ब्लकमा एक सय २६, (बी)ब्लकमा एक सय ५० र (सी) ब्लकमा १९ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस