९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविलाई गृहमा पठाउँदा सजिलो/अप्ठेरो के हुन्छ निर्णय गर्छौँ : सहमहामन्त्री बुर्लाकोटी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने दाबी गरेका छन् ।

गृह मन्त्रालयमा सभापति रवि लामिछानेलाई नै पठाउने वा अरु कसैलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । उनले भने, ‘सभापतिलाई गृहमन्त्रीको रूपमा पठाउँदा के सजिलो–अप्ठेरो हुन्छ वा अरूलाई पठाउँदा के हुन्छ हामी निर्णय गर्छौँ ।’

गृह मन्त्रालय नपाउँदैमा सरकारबाट बाहिरिने भन्ने हल्ला सत्य नभएको पनि सहमहामन्त्री बुर्लाकोटीले बताए । उनले भने, ‘तर हामीलाई गृह मन्त्रालय किन नदिने भन्ने प्रस्ट र बलियो कारण त दिनुपर्‍यो नि ।’

सरकार गठन गर्दा दलहरुबीचको छलफलमा गृह मन्त्रालय रास्वपाले पाएकाले त्यसमा आफूहरूको अधिकार उनको भनाइ छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन कानुन अनुसार पुर्‍याउनुपर्ने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्च अदालतको आदेशमा रास्वपाका सभापति लामिछानेले सांसद र गृहमन्त्री पद गुमाएका थिए । गत आइतबार नेपाली नागरिकता लिएपछि लामिछाने गृह मन्त्रालय फेरि आफूलाई दिन प्रधानमन्त्रीलाई दबाब दिइरहेका छन् ।

मङ्गलवार पनि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । भेटबारे सहमहामन्त्री बुर्लाकोटीले भने ‘सभापतिसँगको भेटमा प्रधानमन्त्रीले हुन्छ हामी सोचौला, छलफल गरौँला भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस