७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो क्युआर कोड, मोबाइल बैङ्किङ कारोबार रकमको सीमा 

अ+ अ-

काठमाडौँ । मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक कारोबार गर्न पाइने रकमको सीमा बढेको छ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल एप्लिकेसन तथा क्युआर कोडबाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने सुविधा कायम गरेको छ । यसअघि दैनिक २ लाख रुपैयाँसम्मको मात्रै सीमा थियो ।

त्यस्तै वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा कारोबार गर्न पाइने रकमको सीमा पनि बढेको छ । अब वालेटबाट बैङ्क खातामा वा बैङ्क खाताबाट वालेटमा दैनिक २ लाख रुपैयाँसम्म कारोबार (ट्रान्सफर) गर्न सकिनेछ । यसअघि यस्तो सीमा जम्मा १ लाख रुपैयाँसम्म थियो । यस्तो कारोबार प्रतिमहिनाका लागि भने पुरानै सीमा १० लाख कायम गरिएको छ ।

एक वालेटबाट अर्को वालेटमा कारोबार गर्न सकिने रकमको सीमा भने घटाइएको छ । वालेट–वालेट कारोबार यसअघि दैनिक १ लाख रुपैयाँ रहेकोमा अब ५० हजार कायम गरिएको छ । वालेटमा अधिकतम ५० हजार रुपैयाँसम्म मात्रै रकम राख्न पाइने व्यवस्था छ । भुक्तानी सेवा प्रदायक संस्थाले रेमिट्यान्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आउने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स भित्र्याउन सक्नेछन् ।

वालेटमार्फत गरिने राजस्व भुक्तानीको सेवा शुल्क पनि केही घटाइएको छ । 

सम्बन्धित समाचार : अर्को बैङ्कको एटिएमबाट पैसा झिक्दा घट्यो लाग्ने शुल्क

प्रतिक्रिया दिनुहोस