९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैचारिक कम्युनिस्ट पार्टी बनाउन एकीकृत समाजवादीले नेतृत्व गर्छ : जगन्नाथ खतिवडा

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन्। उनले वामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे।

नेकपा एकीकृत समाजवादी रुपन्देहीले मङ्गलवार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिस्ट पार्टी निर्माणका लागि वाम ध्रुवीकरणका लागि छलफल मात्रै गरिएको बताए। उनले त्यो वैचारिक कम्युनिस्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने बताए।

वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिस्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ। उपमहासचिव खतिवडाले नेता भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आएको र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए।

उनले आगामी साढे ४ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे। 

‘आउँदो चुनावमा कसैसँग गठबन्धन पनि नगर्ने गरी पार्टी बनाउँछौँ, त्यसका लागि तीव्र रूपमा सङ्गठन निर्माणमा जुटौँ’ उनको कार्यकर्तालाई अपिल छ।

उनले नयाँ कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्नका लागि प्रशिक्षण, छलफल र वैचारिक बहस बढाइने बताए। नागरिकले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरूलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरू लाग्नुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस