७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन

अ+ अ-

खोटाङ । खोटाङको दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिले ऋण चुक्ता नगर्ने आठ ऋणीको नाममा रहेको जग्गा रोक्का गरिदिन जिल्ला मालपोत कार्यालयमा निवेदन दिएको छ ।

ऋण चुक्ता गर्न नआएको खण्डमा सोही चल–अचल सम्पत्ति बिक्री गरी असुलउपर गर्ने भन्दै सञ्चालक समितिले प्रदेश सहकारी ऐन, २०७६ को दफा ६९ को उपदफा–२ बमोजिम ऋणीको जग्गा रोक्का गरिदिन मालपोतमा निवेदन दिएको हो ।

रकम चुक्ता गर्नका लागि पटक–पटक पत्र पठाउँदा, फोन संवाद गर्दा र जमानीलाई पत्राचार गर्दासमेत चुक्ता नभएपछि सहकारीको यही माघ १३ गते बसेको बैठकको निर्णयानुसार पहिलो चरणमा आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन दिएको सञ्चालक समितिका सदस्य धनी राम नछुङले जानकारी दिए ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले ऋण असुल गर्नका लागि सबै खालका कानुनी कारबाही गर्न माघ ३ गते पठाएको आदेशका आधारमा जग्गा रोक्काका लागि मालपोतमा पुगेको उनले बताए ।

सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत रकम अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आफूहरूले थोपा थोपा गरेर जम्मा गरेको बचत रकम डुबेको भन्दै बचतकर्ता सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

‘बचत रकम फिर्ता गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ भएन’, नछुङले भने, ‘बचत फिर्ता गराउने विषयमा जिल्ला प्रशासन र नगरपालिकाले समेत कुनै चासो दिएन ।’

बचत रकम फिर्ताका लागि बचतकर्ता दैनिक जसो सहकारीको ढोका ढकढक्याउन कार्यालय पुग्ने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समिति ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयासमा जुटेको हो ।

वित्तीय कारोबारबाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ २०७२ मा दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको सञ्चालक समितिले जनाएको छ । सञ्चालक समितिले जग्गा रोक्काको सूचिमा परेका ऋणीको नाम र ठेगाना भने खुलाएको छैन ।

तत्कालीन अध्यक्ष जोशीको कोरोना भाइरसको सङ्क्रमणका कारण २०७८ वैशाख १५ गते कास्कीको पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरू निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।

जोशीको निधनपछि २०७८ वैशाख १६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीमा जिल्लाका चार हजार पाँच सय बचतकर्ताले आ–आफ्नो आम्दानीअनुसार दैनिक बचत गरेका छन् ।

सात वर्षअघि स्थापना भएको उक्त सहकारीमा एकै जनाले रु ५१ लाखसम्म बचत खातामा जम्मा गरेका छन् ।

सहकारीको ७४ ऋणी छन् । उनीहरूले न्यूनतम रु ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको पाइएको छ । सहकारीको जग्गाबाहेक सावाँ ब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

बचतकर्तालाई सावाँ ब्याजसहित करिब सात करोड फिर्ता दिनुपर्ने देखिएको सञ्चालक समितिले जनाएको छ ।

सहकारीको नाममा खरिद गरिएको जग्गासमेत तत्कालीन अध्यक्ष जोशीको परिवार तथा आफन्तका नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस