११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासी नेपालको समस्या समाधान गर्न शक्तिशाली आयोग बनाउन सकारात्मक छु : प्रचण्ड

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासी नेपालीहरूको समस्या समाधान गर्न छुट्टै शक्तिशाली आयोग बनाउन सकारात्मक रहेको बताएका छन् ।

माओवादी केन्द्रको प्रवास समन्वय समितिले बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने क्रममा उनले आयोग बनाउने विषयमा सकारात्मक जवाफ दिएका हुन् ।

विदेशमा बस्ने नेपालीले धेरै प्रकारका समस्या बेहोर्ने थालेपछि प्रवास समन्वय समितिले शक्तिशाली आयोग बनाउन माग गरेको हो ।

यस्तै प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित भएको अवस्थामा कसरी सुरक्षित गर्ने भन्ने विषयमा पहल गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डलाई प्रवास समन्वय समितिले १३ बुँदे ज्ञापन पत्र बुझाउँदै कामदारहरू अवैध हैसियतमा पुग्नुको कारणहरू पत्ता लगाई यदि कामदार निर्दोष भए उनको पक्षमा दूतावासले कूटनीतिक पहल गरी न्याय दिलाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

यस्तै कोरियामा हवाई टिकट भएको सिन्डिकेट तोड्न राज्यले उचित भूमिका खेल्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रवास कमिटीका सह इन्चार्ज लक्ष्मणदत्त पन्त, प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मासहित अन्य पदाधिकारी र सदस्यहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस