६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी गाउँपालिकाका प्रत्येक वडामा ५० लाखको योजना अनिवार्य छनोट गर्नुपर्ने नियम

अ+ अ-

गोरखा । गण्डकी गाउँपालिकाले साना योजनामा बजेट घटाउन प्रत्येक वडाले कम्तीमा ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य छनोट गर्नुपर्ने नियम बनाएको छ ।

साना–साना योजनामा भएको खर्च परिणाममुखी नभएकाले ठुला योजना छनोट अनिवार्य गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताए । ‘गत सालको बजेट किताब हेर्दा पालिकामा ७ सय ३६ योजना रहेछन्, त्यसमा पनि अधिकांश टुक्रे,’ उनले भने, ‘अहिले हामीले घटाएर ४ सय ८६ वटा योजना मात्र बनाएका छौ ।’

धेरै योजनामा रकम छुट्याउँदा त्यस्ता काम दिगो र परिणाममुखी नहुने भएकाले साना साना योजना घटाउन थालिएको उनले बताए ।

गण्डकी गाउँपालिकामा ८ वटा वडा छ । यस वर्ष प्रत्येक वडालाई एक करोड १० देखि ३५ लाख रुपैयाँसम्म रकम विनियोजन गरिएको छ । उक्त रकममध्ये कम्तीमा एउटा योजना ५० लाख रुपैयाँको योजनामा खर्च गर्नुपर्नेछ । ‘एक वडा एक गौरवको योजना’ घोषणा गरेर ५० लाख रुपैयाँको एउटा योजना अनिवार्य गरिएको पालिका अध्यक्ष तिमिल्सिनाले बताए ।

‘२०७९/८० को बजेट सभाबाट निर्णय गर्‍यौँ, त्यही निर्णय अनुसार अहिले सबै वडामा ५० लाखको योजना छनोट भएर काम अघि बढेको छ,’ उनले भने । सबै वडाले सडक स्तरोन्नतिको योजनामा ५० लाख छुट्याएको उनले जानकारी दिए ।

वडा नं १ मा मकैसिं मूल सडक स्तरोन्नतीको काम अघि बढेको छ भने वडा नं २ मा दलभञ्ज्याङ कुवा पानी पाती स्वाँरा हुँदै सादी खोला नाला र सडक स्तरोन्नति सुरु भएको छ । वडा नं ३ मा भलायडाँडा पुण्य गाउँ आमडाँडा ठुलो फाँट सडक स्तरोन्नतिको काम भइरहेको छ ।

वडा नं ४ ले गैरी चौतारादेखि पौवा हुँदै पुरानो गाउँसम्म नाली एवं सडक स्तरोन्नति, वडा नं ५ ले छोटेचार रामपुर सानो दर्बुङ लाङ्घालीचोक सडक स्तरोन्नति र वडा नं ६ ले पल्लो टार गणई देवीथान हुँदै कोराक सडक स्तरोन्नतिका योजना छनोट गरेर रकम विनियोजन गरेको पालिकाले जनाएको छ ।

वडा नं ७ ले जलविरे खोला ज्यामिरेघाट कौदी सडक र वडा नं ८ ले धवादीघाटबाट वडा कार्यालय हुँदै तेर्से कोराकगाउँ बेनिगाउँ सडक स्तरोन्नतिको योजनामा बजेट विनियोजन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस