१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती

अ+ अ-

कावासोती । नारायणी नदीको उत्तरी भंगालोमा पानीको बहाव कम हुँदै गएपछि नवलपुर तर्फबाट चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा चुनौती बढ्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

चितवनको नारायणघाटस्थित नारायणीको पुलदेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ । नवलपुरतर्फ बग्ने भङ्गालोलाई उत्तरी र चितवनतर्फ बग्ने भङ्गालोलाई दक्षिणी भङ्गालो भन्ने गरिन्छ । यति बेला नारायणीको पानी अधिकांश भाग चितवनतर्फको दक्षिणी भङ्गालोबाट बग्न थालेपछि निकुञ्ज प्रवेश सहज भएको भन्दै संरक्षणकर्मीले चिन्ता र चासो व्यक्त गरेका हुन् ।

चितवनतर्फ विकास निर्माण तथा नारायणीको तटबन्धका लागि सेतीदेवी सामुदायिक वन आसपास अत्यधिक मात्रामा नदी उत्खनन गर्दा गहिरिएर नदीको बहाव दक्षिण भङ्गालोतर्फ सोझिएको छ । नवलपुरको तटीय क्षेत्र सुक्खा भएसँगै यस क्षेत्रबाट चोरी सिकार गर्नेलाई निकुञ्ज प्रवेश सहज हुने भएकाले सुरक्षा चुनौती बढ्ने देखिएको संरक्षणकर्मी डिबी चौधरी बताउछन् ।

‘पहिले पहिले पौडिएर नारायणी तर्नुपर्ने भएकाले चोरी सिकार गर्नेलाई त्यति सहज थिएन, यति बेला उत्तरी भङ्गालोमा पानीनै नभएपछि निकुञ्जमा प्रवेश सहज भएको छ, यसले निकुञ्जको सुरक्षा चुनौती बढ्ने देखिएको छ’, उनले भने, ‘पानी कम हुँदा वन्यजन्तुलाई मात्रै खतरा भएको छैन, जैविक विविधता र नदी आश्रित भएर जीविकोपार्जन गर्ने स्थानीयलाई समेत समस्या भएको छ ।’

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती भएर बग्ने नारायणीको उत्तरी भंंगालोमा पानीको बहाव कम हुँदा निकुञ्जका जनावर सहजै मानव बस्तीमा प्रवेश गर्ने क्रम बढको छ । यसले मानव र वन्यजन्तुबीच द्वन्द्व मात्रै बढ्ने नभएर वन्यजन्तु संरक्षणमा गम्भीर असर पर्ने देखिएको लामीचौर उपभोक्ता समितिका अध्यक्ष वासुदेव पौडेल बताउछन् । नदीले बनाएको बगर क्षेत्र लामो भएको र खुला क्षेत्रमा टाढा टाढासम्म वन्यजन्तु देख्न सकिने भएकाले तस्करलाई सहज भएको अध्यक्ष पौडेल बताउछन् ।

विकास निर्माणका लागि नदी उत्खनन गर्दा पानीको बहाव दक्षिणी भङ्गालोमा नारायणीको पानी निकै कम भएकाले जैविक विविधता मात्रै होइन निकुञ्जको सुरक्षामा चुनौती थपिएको भन्दै संरक्षणकर्मी विष्णु अधिकारी बहावलाई पूर्ववर्तीरुपमा फर्काउनुपर्ने बताउछन् ।

“शिख्रौलीदेखि अमलटारी घाटसम्म पानीको बहाव एकदमै कम छ, कतै हिँडेर पार गर्नसम्म सकिन्छ यसले निकुञ्जभित्र प्रवेश गर्ने जो कोहीलाई पनि सहज बनाएको मात्रै छैन निकुञ्जका वन्यजन्तु सहजरुपमा मानव बस्तीमा प्रवेश गर्ने गरेका छन् ।’ उनले भने, ‘यसले मानव वन्यजन्तु द्वन्द्व मात्रै बढाउँदैन जैविक विविधता र निकुञ्जको सुरक्षाको विषय माग गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।’

अघिल्लो साता मात्रै नवलपुरको मध्य बिन्दु नगरपालिका–२ सहरीमा चोरी सिकारीका कारण दुई गैँडा मारिएपछि निकुञ्जको सुरक्षामा चुनौती थपिएको र चोरी सिकार गर्नेसमेत सक्रिय हुन लागेको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरिरहँदा उत्तरी भङ्गालोमा पानीको बहाव कम हुँदा आउने समस्याको विषयमा निकुञ्जले गम्भीरतापूर्वक अध्ययन गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

पानीको बहाव पूर्ववर्ती रूपमा फर्काउनका लागि स्थानीय तह, मध्यवर्ती क्षेत्रका उपभोक्ता समिति तथा सरोकारवालासँग आवश्यक समन्वयलाई निकुञ्जले अगाडि बढाएको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस