काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । आयोजकसँग नै जित निकाल्दै मनोबल बढाउने योजनामा नेपाल हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक यम गुरुङले पहिलो खेलमा जित निकाल्दै प्रतियोगितामा आफूहरू सुखद सुरुवात गर्ने लक्ष्य भएको बताएका छन् । उनले टिमले उत्कृष्ट प्रदर्शन गर्ने कुरामा आफू विश्वस्त भएको बताए ।
नेपालले प्रीति राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा भारत र भुटान भिड्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बङ्गलादेश, भारत र भुटानको सहभागी छन् । नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ ।