६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएका छन् । पुलमार्फत ओहोरदोहोर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छन्।

पुलमार्फत नदी वारपार गर्ने मोटरसाइकल सवारले रू ४० र साइकल सवारले रू पाँच बुझाउछन् । रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो ।

नदी छेउमै काठको बेरिएर छेउ सानो पसल पनि राखेका छन् । पुल भएर ओहोरदोहोर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलाएका छन् । पुल प्रयोग गर्नेहरूबाट उनले दैनिक रू एक हजारदेखि रू दुई हजार पाँच सयसम्म रकम उठाउँछन् । श्रीमानको निधन भएपछि छोरा बुहारी, नाति नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेका हुन् ।

‘रोजगारीको छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ’, उनले भने, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’ उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छन् । नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रूपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडाइएका छन् । तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरूप कहिले लिने हो टुङ्गो छैन ।

स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको वाणी हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुल्क तिरेर तर्न बाध्य छौँ ।’

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शु:ल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् ।

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए ।

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भए पनि सुविधा पुगेको छ’, स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस