८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको आरोपमा निकुञ्जले दुई जना प्रदेश सांसद सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

गत पुस ४ गते निकुञ्जको जङ्गलबाट मृत जरायो र हतियारसहित पक्राउ परेकाहरू सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो।

४५ दिनको अनुसन्धान पछि सो प्रकरणमा निकुञ्जले प्रदेश सासंदहरु प्रमोद जैसवाल र श्याम बहादुर खड्का सहित ४९ जना विरुद्ध मुद्दा दर्ता गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खडकाले जानकारी दिए।

यसै गरी पर्सा सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालविरुद्ध पनि मुद्दा दर्ता भएको उनले बताए।

उनीहरूलाई निकुञ्जले वन्यजन्तुको अवैध चोरी सिकारीका लागि मतियारको रूपमा काम गरेको ठहर गर्दै उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २७ बमोजिम सजाय हुने सूचना अधिकारी खड्काले बताए।

सांसद खड्काको हकमा निकुञ्ज कार्यालय आफ्नो नाममा दर्ता भएको हतियार अन्य व्यक्तिलाई प्रयोग गर्न दिएर वन्यजन्तुको सिकार गर्न लगाएको निकुञ्जले निष्कर्ष निकालेको छ।

उनलाई निकुञ्जले हातहतियार खरखजना ऐन,२०१९ बमोजिम थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्र लेखेर समेत पठाएको छ।

त्यस्तै पक्राउ परेका झापसदास थारु, नवराज बस्ने, शिल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई भने सो ऐनको दफ २६९३० बामोजिम सजाय हुने निर्णय भएको छ।

प्रमोद पर्सा क्षेत्र नम्बर ३ को १ बाट स्वतन्त्र बाट गत मंसिर ४ मा प्रदेश सभा सदस्यमा र श्याम बहादुर काठमाडौँ क्षेत्र नम्बर ५ को २ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

गत पुस ४ गते मधेसका प्रदेश सांसद प्रमोदकुमार जयसवालको सखुवा प्रसौनी-१ स्थित घरबाट बरामद मारिएको जरायो र हतियारसहित पाँच जना पक्राउ परेका थिए।

उनीहरूको साथबाट टोलीले मृत अवस्थामा रहेको जरायो र जरायोको सिङ, सिकार गर्न प्रयोग भएका १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, दुई लाख ९० हजार ६ सय ३० रुपैयाँ नगद बरामद भएको थियो।

साथै बा ५ त ७८०५ नम्बरको गाडी, र प्रदेश २-०३-००१ च ३०९७ नम्बरको बोलेरो गाडी पनि नियन्त्रण लिइएको थियो।

प्रदेश २-०३-००१ च ३०९७ नम्बरको बोलेरो गाडी सखुवा प्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जैसवालको जैसवाल ईन्टरप्राईजेजको नाममा दर्ता छ।

प्रतिक्रिया दिनुहोस