काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठक सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ।
बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी छन् । राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको हो ।
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो ।