८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेशमा कार्यव्यवस्था परामर्श समिति गठन हुने

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समिति गठन हुने भएको छ । आइतबार प्रदेशसभा सचिवालय हेटौँडामा बसेको सर्वदलीय बैठकले कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार उक्त समिति १६ सदस्यीय कायम गर्ने र समितिमा दलिय हिसाबमा प्रतिनिधि पठाउने निर्णय भएको हो । समितिमा प्रदेशका सभामुख उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था रहेको छ । समितिमा नेपाली काँग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एकरएक जना सदस्य रहने बैठकले निर्णय गरेको छ । 

त्यस्तै उक्त बैठकले प्रदेशसभाका अन्य ५ वटा समिति पनि गठन गर्ने निर्णय गरेको छ । सर्वदलीय बैठकले संसदीय समिति सोमबार गठन गर्ने र संसदीय समितिको सभापतिको निर्वाचन भने माघ २५ गते गर्ने तयारी गरिएको छ । बागमती प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् । 

सर्वदलीय बैठकले संसदले स्वीकृत गरेको ५ वटा अध्यादेशको प्रतिस्थापन विधेयक छिट्टै संसदमा ल्याउने र संसद्लाई प्रदेश प्रमुखबाट सम्बोधनको कार्यक्रम तय गर्ने निर्णय गरेको छ   सर्वदलीय बैठकले आजबाट ४ दिनसम्म प्रदेशसभा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ। प्रदेशसभाको आज आइतबार बस्ने बैठकमा शून्य समयको कार्यसूची समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस