६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डका अध्यक्षले सार्वजनिक गरे ११ महिनामा गरेको कामको विवरण

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले ११ महिनामा आफ्नो नेतृत्वमा बोर्डले गरेका १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।

हमाल २०७८ फागुनमा बोर्ड अध्यक्षमा नियुक्त भएका थिए ।

आफूमाथि सञ्चार माध्यममा निराधार र कपोकल्पित आरोपहरू लगाएको भन्दै उनले त्यसको खण्डन गर्दै १० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले आफू अध्यक्ष नियुक्त भएपछि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्न सक्ने गरी धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी लागु गरेको दाबी गरेको छन् ।

यस्तै धितोपत्र दर्ता गराएको सङ्गठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ बनाई लागु गरेको उनले बताएका छन् । यसले मर्जरमा जाँदा १५ दिन भन्दा बढी धितोपत्र रोक्का नरहने व्यवस्था गरेको छ । आश्वास शुल्क घटाएको, वैदेशिक रोजगारीमा रहेका नेपाली आईपीओमा आरक्षणको व्यवस्था गरेको, विशिष्टीकृत लगानी कोषको लाइसेन्स दिएको जस्ता सुधारका काम आफूले गरेको हमालको दाबी छ ।

धितोपत्र दलाल व्यवसायीको लाइसेन्स कोटा प्रणालीबाट दिइँदै आएकोमा ‘ओपन इन्ट्री ओपन एक्जिट’ नीति मार्फत लाइसेन्स दिनका लागि ३५ दिनको समय तोकी आवेदन माग गरेकोमा सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगराउन आदेश आएको उनले बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रविधियुक्त धितोपत्र बजारको आवेदन कार्य अगाडि बढाएकोमा सर्वोच्च अदालतको अल्पकालीन आवेदन अनुसार स्थगन भएको उनले उल्लेख गरेका छन् । वस्तु विनिमय बजारको लाइसेन्स प्रक्रिया अगाडि बढाएकोमा अदालतको आदेशले रोकिएको उनको भनाइ छ ।

धितोपत्र सम्बन्धी ऐन र सो अन्तर्गत बनेका नियमावली, निर्देशिका र विनियमावली अनुरूप कार्य नगर्ने धितोपत्र दलाल व्यवसायीहरूलाई ऐन तथा नियम अनुसार कारबाही गरेको उनले बताएका छन् । त्यस्तै संस्थाको वित्तीय विवरण ढिला गरी पेस गर्ने मर्चेन्ट बैंकरहरुलाई हदैसम्मको कारबाही किन नगर्ने भनी सफाइ पेस गर्न सूचित गरिएको, क्रेडिट रेटिङमा ‘स्वार्थको द्वन्द्व’ देखिने कम्पनीलाई कारबाहीको प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस