६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन सकेन : चन्द्र ढकाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली प्रविधिलाई प्राथमिकता दिन नसकेको बताएका छन्।

मङ्गलवार शुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उनले नेपाल प्रविधि तथा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढे पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गरे।

उनले नेपाली इन्जिनियरहरूले बनाएका प्रविधि​ विदेशीको तुलनामा कम नरहेको बताए। उनले नेपालमा प्राविधिकहरू कमी नभएको बताए। उनले नेपालले प्रविधिको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताए। उनले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीतिअनुसार नै नेपालमा उत्पादित प्रविधिलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘नेपाल आइटी सेक्टर वा डिजिटलाइट क्षेत्रमा धेरै अघि बढेको छ। नेपाली आइटी इन्जिनियरहरूले तयार गरेको कतिपय सफ्टवेयर, डिजिटल गर्ने कुराले हामी विश्वको कुनै पनि विदेशी आइटी कम्पनीको तुलनामा नेपालको आइटी प्रोफेसनलहरू कमी छ भन्ने मलाई लाग्दैन। हाम्रो जीवनमा आउन सक्ने प्रविधिको हिसाबले कताकता हामी नेपाली प्रविधिलाई अहिले प्राथमिकता नदिएको हो कि भन्ने मलाई लाग्छ। नेपाली प्रोडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ । त्यसैअनुरूप सरकारले प्रविधि उत्पादनलाई आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ। सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर र प्रविधिलाई सरकारका हरेक निकायले प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैनन् तबसम्म यो क्षेत्रले फड्को मार्दैन।’

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको बताए।

प्रतिक्रिया दिनुहोस