१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तपाईँहरूले फेरि दुःख पाउनु पर्‍यो, ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनुस्’

अ+ अ-

चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदाता सँगसँगै काँग्रेस रहेको बताएका हुन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भने, ‘तपाईँ मतदाताहरूले फेरि दुःख पाउनु पर्‍यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाईँहरू लाग्नुस् ।’

उनले अन्य राजनैतिक दलहरूसँग छलफल गरेर राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए । नेता कोइराला भने, ‘सत्तासीन केही दलले काँग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठुलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’ प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा काँग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए । प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो । अहिले देश अत्यन्तै अप्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा काँग्रेसमा छलफल भइरहेको बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए । उनले पछिल्लो समय सङ्गठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण काँग्रेस कमजोर बनेको बबतए । सदस्य भटृराईले भने, ‘गुट निर्माणमा होइन सङ्गठन निर्माणमा लागौँ ।’

अर्का केन्द्रीय सदस्य डा गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेस जगत् लाग्न नहुने बताए । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरू एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताए । उनले भने, ‘लोकतन्त्र सिध्याउने खेलको विरुद्ध कलम चलाउन जरुरी छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकार जगत्माथि आक्रमण बढेको बताए । यस्ता घटनाको निन्दा गर्दै उनले त्यस्ता क्रियाकलापप्रति सजग रहन पत्रकारहरूलाई आग्रह गरे । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका लागि सबै एक भएर लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाकर पराजुली, नेपाली काँग्रेस चितवन सभापति राजेश्वर खनाल, प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, सामुदायिक रेडियो प्रकाशक सङ्घका महासचिव किशोर जङ्ग थापा थापा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोलेका थिए ।

अधिवेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी छन् । अधिवेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस