१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजपत्राङ्कित’ झिँगो !

अ+ अ-

नयाँ कार्यालयमा वहाँको पदस्थापन भएको भर्खर तीन महिना जति हुँदो हो। दिनहुँ अफिस जाने आउने त भई नै रहेको थियो। यही क्रममा एक दिन दुईजना सेवाग्राहीहरू वहाँको च्याम्बरमा आए। नमस्कार टक्र्याए। हाम्रा सरकारी कार्यालयमा सरकारी कर्मचारीहरूले नमस्कार गर्ने र अरूले गरेको नमस्कारको रेस्पोन्स गर्ने दुवैको आफ्नै मौलिक तौरतरिका छ। क्षमता म्यामले पनि त्यसलाई टपक्कै टिप्नुभएको छ। फलो गर्नुभएको छ । औसत भन्दा माथिका सेवाग्राही नभएकोले होला, तीनको नमस्कारलाई यसरी रेस्पोन्स गर्नुभयो मानौँ तिनीहरू म्यामसँग कर्जा असुलउपरको लागि आएका हुन्।

भलै सानो स्वरले बोलूँ की नबोलूँ झैँ गरेर नमस्कार शब्द चाहिँ उच्चारण गर्नुभयो। र, तीनलाई बस्ने इशारा गर्नुभयो। `धन्यवाद म्याम´ भन्दै सामुन्नेको सोफामा दुवै बसे। बस्नासाथ ती दुवै मनुवा आफूले ल्याएको फाइल पल्टाउँदै म्यामसँग केही कुरा राख्न खोज्दै थिए। तर एकाएक रातो पिरो भएर, रिसले आगो भएर क्षमता म्यामले अफिसका कार्यालय सहयोगी, स्वीपर, हेल्परलाई आफ्नो कोठामा भेला हुने आदेश दिनुभयो । के हो, किन हो कौतुहलताका साथ सब उपस्थित भए। आँखा राता राता पार्दै, नाकका पोरा ओडार जत्रै पार्दै,बेपत्तासँग फन्किँदै, रौद्र रूप देखाएर म्यामले उपस्थित सबैलाई हप्काउनुभयो। गगनसिंहको हत्यापछि कोतपर्वकी कान्छी महारानीको रौद्र रूप पनि शायद यत्तिको थिएन होला।

सबलाई एक एक गर्दै पालैपालो आ-आफ्नो ड्युटी सोध्नुभयो। सबैले आ-आफ्नो ड्युटीको फेहरिस्त लगाए। कोठाको छेउमा अघिदेखि बसेका ती दुई सेवाग्राहीको पनि सातो पुत्लो उड्यो। नउडोस् पनि किन ! अघिल्लो पल्ट पनि म्यामकै कारणले उनीहरूले आफ्नो फाइल खोल्न नपाउँदै आफ्नो कुरा राख्न नपाउँदै बिदा हुनु परेको थियो। आज पनि उनीहरू दुबैलाई कतै हामीले पो केही बिरायौँ कि भन्ने भो। डरले दुवै मुखामुख गर्न थाले। तर तीनको त्यस्तो बिराम त केही भेटिएन।

यो कुरा एक छिनमा अफिस भरी भाइरल भयो।

धेरैले लख काटे म्यामको आज घरमा पतिदेवसँग व्यापक झगडा परेजस्तो छ। बिचरा ! तीनलाई के थाहा! म्यामको बिहे नै भा छैन भन्ने कुरा । बडो अन्तर्मुखी स्वभावकी हुनुहुन्थ्यो म्याम। उसै त वहाँको निजी कुरा अरूले थाहा पाउन निकै गाह्रो हुन्थ्यो। त्यसमाथि यो अफिसको लागि वहाँ बिलकुल नयाँ हुनुहुन्थ्यो। वहाँलाई के मन पर्थ्यो, के मन पर्दैनथ्यो यी सबसँग कार्यालयका सहयोगी, हेल्पर, स्वीपर आदि परिचित हुन बाँकी नै थियो।

लोकसेवाको त्यत्रो महाभारत छिचोलेर महिला कोटामा होइन, खुल्लै प्रतिस्पर्धामा एक से एक मैँ हुँ भन्ने पुरुषहरूलाई पछि पारेर वहाँ त्यो कुर्सीमा पुग्नु भएको थियो। शायद त्यसैले वहाँ आफूलाई कुनै अर्थमा पनि पुरुष भन्दा कम र फरक ठान्नुहुन्नथ्यो। आफूले काम गरेका यस अघिका कार्यालयहरूमा शायद देख्नु भा`थ्यो-पुरुष हाकिम सापहरूले झिना मसिना कुरामा पनि यसैगरी लाइन लगाएर आफ्नो काम कर्तव्य सम्झाएको अनि सजाय नसिहत दिएको । त्यसलाई पनि वहाँले टपक्कै टिप्नुभयो। व्यवहारमा उतार्नुभयो। त्यसमाथि परीक्षा अति नै प्रतिस्पर्धी र कठिन भएपछि त्यस्तो परीक्षा पास गरेर आउँदा अलिकति आत्मविश्वासको प्रदर्शन हुनु पनि स्वभाविक नै मानिँदो हो।

यसमा कसैले नकारात्मक सोचेन।

००००००००

त्यो दिन चाहिँ कुरा के परेछ भने म्यामको अफिसको कोठामा एउटा झिँगा छिरेर वहाँको वरिपरि भन्किन थालेको रैछ। हिजो अस्ति भने त्यो झिँगो हिंसकतै देखिन्नथ्यो। केही फाइल अध्ययन गरौँ भन्यो त्यही झिँगो अघि सर्छ। कसैसँग बोलौँ भन्यो त्यही झिँगो भुनुनु गर्दै भन्किन्छ। म्याम आफैँलाई पनि कतै मै पो फोहोरी भएँ कि भन्ने भान पर्न थाल्यो। जुन असम्भव थियो। ती दुईजना सेवाग्राही आएर यसो कुरा गर्न थाल्दा त्यही झिँगो नै म्यामसँग वात मारुँला झैँ गरेर अघि सर्दो रहेछ। यसपछि भने बेजोड रिस उठ्यो वहाँलाई।

कोठा दिनहुँ बढारकुँढार, पुछपाछ गरेर सफा चिटिक्क पार्न लाउँदा पनि कहाँबाट आयो त्यो झिँगो ? काममा लापरबाही गर्ने को हो ? जागिर खाएपछि आफ्नो काम कर्तव्य जिम्मेवारीपूर्वक नगर्ने को हो ? यिनै प्रश्न सबैलाई एक एक गर्दै बर्साउनुभयो।

उटपट्याङ टाइपका कार्यालय सहयोगीले बडो हिम्मत जुटाएर म्यामको कोठाको खुला ढोकातिर इशारा गर्दै भने-`म्याम यो झिँगा ऊ त्यहीँबाट आएको हुनुपर्छ। झ्यालहरू त जम्मै बन्द छन्।´

यो सुनेपछि झन् आगो हुनुभयो म्याम। र, हप्काउनु भो- `मलाई मजाक मन पर्दैन।´

ठोस जवाफ कसैबाट आएन। आओस् पनि कसरी? झिँगो आउने भनेको फोहोरबाट हो। तर वरपर फोहोरको नाम निशान थिएन।

अर्का एक जना स्टाफले त्यो झिँगाको फोटो खिचे। फोटो पनि आयो कि आएन। खिच्दा खिच्दै झिँगो भने म्यामको शीरै माथिबाट उडेर पल्लो भित्तामा गयो। फोटो खिच्ने स्टाफतिर नजर पर्‍यो म्यामको । मोबाइल तुरुन्त खल्तीमा राख्न आदेश दिनुभयो। आदेशको पालना गर्नै पर्‍यो। अर्काले त्यो झिँगो मारेर बाहिर फाल्ने प्रस्ताव राखे। म्यामबाट अस्वीकृत भो। अर्का अलिक बुज्रुक जस्ता देखिने सहयोगीले भने- `वरपर कतै फोहोर नभएकोले यो झिँगा फोहोरमा बस्ने झिँगा नै होइन म्याम´ भने।

उनले थपे- `सुकिलो मुकिलो खान्दानियाँ र घरानियाँ झिँगो हुनुपर्छ यो। अब त यो सरकारी अफिस त्यसमा पनि वरिष्ठ राजपत्राङ्कित अधिकृतको च्याम्बरमा छिरिसकेको छ। त्यसैले अब यो अब राजपत्राङ्कित झिँगा पनि भो म्याम!´

मीठो मसिनो खाने र सफा सुग्घरमा बस्न रुचाउने यस्ता कुलीन झिँगादेखि नघिनाउन पनि सल्लाह पनि दिए उनले। सल्लाह यसरी दिए मानौँ झिंगाशास्त्रमा उनले विशेषज्ञता हासिल गरेका छन्। कुनै झिँगे निकायमा अवसर नपाएर मात्रै यो अफिसमा जागिर खान आएका हुन्।

म्याम झन् उग्र रिसाउनुभयो। आदेश दिनुभयो- `पहिला यो झिँगा कसरी मेरो कोठामा आयो त्यो पत्ता लगाउनुस् अनि मात्रै बाँकी काम गरौँला।´

यति सुनेपछि आज पनि आफ्नो काम नहुने छनक बुझेर ती बबुरा सेवाग्राहीहरू पनि म्यामसँग दोस्रो पटक बिदाबारी हुँदा भए। बिदाबारी हुँदै गर्दा बिचराहरूले अघिल्लो पटक पनि त्यस्तै केही कारणले हो म्यामको सेवाबाट वञ्चित हुनुपरेको कुरा झलझली सम्झिए। म्यामले पनि ठुस्कान सहितको बिदाबारी सेवा यसरी प्रदान गर्नु भो मानौँ त्यो झिँगो तीनैले बोकेर ल्याएका हुन् ।

प्रतिक्रिया दिनुहोस