काठमाडौँ । तीनकुनेमा जीपसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका भक्तपुरको सूर्य विनायक नगरपालिकाका २३ वर्षीय नोजन राईको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान साढे ३ बजे मृत्यु भएको हो ।
मोटरसाइकलमा पछाडि बसेका सूर्य विनायक नगरपालिका २ बालकोटका २३ वर्षका चन्द्र सिलवालको उपचार भइरहेको छ। आज बिहान करिब ३ बजे बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र कुखुरा बोकेको प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जीप ठोक्किएका थिए।