६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्मा जात्रा चलिरहेको छ : रामकुमारी झाँक्री

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले प्रतिनिधिसभा बैठकमा ‘जात्रा’ चलिरहेको बताएकी छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सत्तामा रहेका मन्त्रीहरूले नै वर्तमान व्यवस्था र संविधानमाथि विष वमन गरिरहेको बताइन् ।

राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गरे पनि ‘डेलिभरी’मा खरो उत्रिन नसक्दा व्यवस्थामाथि विष वमन गर्ने ठाउँ भेटिएको उनको भनाइ छ ।

उनले यी विषयले राजनीतिक दलहरू आत्तिइहाल्नुपर्ने अवस्था भने नरहेको उल्लेख गरिन् । ‘संसद्मा जात्रा सुन्दै छौँ । आज व्यवस्था र संविधान अनि बलिदानीमाथि विष वमन भइरहेको छ । यो पुनरुत्थानवाद हो । यो किन भयो भने राजनीतिक दलले सही ढङ्गले काम गरेनन् । त्यसले जनमत स्वीन गराएको हो । हामी आत्तिनु पर्दैन । तर, काम गरेर परिवर्तन दिनुपर्‍यो,’ उनले भनिन् ।

उनले लोकतान्त्रिक संस्कृतिको निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन् । लोकतान्त्रिक प्रणालीभित्र संवादको विषयवस्तु बढिरहेको उनले बताइन् ।

नेत्री झाँक्रीले मुलुक बनाउनका लागि अब फरक एजेन्डा र निश्चित लक्ष्य हुनुपर्नेमा जोड दिइन् । ‘विद्यार्थी राजनीतिमा व्यवस्था परिवर्तन गर्दै अब देश परिवर्तन गर्ने र त्यसको कार्यान्वयन गर्ने ठाउँमा हामी पुगेका छौँ । हामीले कस्तो मुलुक बन्ने भन्ने लक्ष्य हुनुपर्छ । पञ्चायतमा पनि भिजन थियो । अब भिजन बनाएर त्यसको वरपर काम गर्ने हो नि,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस