९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कार्यकर्ता राष्ट्रपति भए ‘कठपुतली’ हुन्छन्, हामी हराएरै छाड्छौँ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिमा एमालेले उठाएको उम्मेदवारलाई हराउन लाग्ने प्रतिबद्धता गरेका छन् ।

बुधबार आयोजित ‘आजको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने टिप्पणी गरे ।

उनले भने, ‘राष्ट्रपतिमा आँखा लाउलास् भनेर साथीहरूले भन्नुहुन्छ । तर, त्यो पनि ठिकै हो । नेपालको राष्ट्रपतिको संस्थालाई हामीले मनलाग्दा संविधानलाई मिच्न मिल्ने । हामीले संसद विघटनको बेलामा हेर्‍यौँ । राष्ट्रपतिकहाँ अड्किएको विधेयक र सरकारले निर्वाचनपछि लिएर गएको अध्यादेश दुवै विषयमा मेरो आफ्नो मत छ ।’

एमालेबाट प्रस्तावित राष्ट्रपति आए संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्ने उनको दाबी छ ।

महामन्त्री थापाले भने, ‘राष्ट्रपति एमालेले आफ्नो कार्यकर्ता बनायो भने त्यो ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । अस्ति अभ्यास त भइसक्यो । त्यसले बिस्तारै समानान्तर शक्तिको अभ्यास गर्छ । संविधानले दिँदै नदिएको शक्तिको अभ्यास गर्छ । त्यसले बालुवाटारले मात्रै होइन शीतलनिवासले पनि कार्यकारी अधिकारको प्रयोग गर्न थाल्छ । त्यसले संविधानलाई दुर्घटना पार्छ । हामी एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई हराउँछौँ । हराएरै छाड्छौँ। त्यतातर्फ लाग्छौँ लाग्छौँ ।’

प्रतिक्रिया दिनुहोस