९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी फागुन १ गतेदेखि विद्यालय र कार्यालयमा ई-हाजिरी

अ+ अ-

काठमाडौँ । चन्द्रनगर गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयमा आगामी फागुन १ गतेदेखि ई-हाजिरीको व्यवस्था मिलाएको छ ।

गाउँपालिकाका सम्पूर्ण शाखा, केन्द्र, कार्यालय र विद्यालयमा अनिवार्य ई-हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको हो ।

प्रत्येक महिना ई-हाजिरीमा गयल देखिएको दिनको नियम अनुसारको कागजातसहित उचित कारण नभएको अवस्थामा गयल कट्टी हुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित कार्यालय वा विद्यालयमा जडान गरिएको ई-हाजिरी मेसिनको सुरक्षाको जिम्मेवारी त्यस कार्यालयको कार्यालय प्रमुख र विद्यालय प्रधानाध्यापक हुनेछन् ।

ई–हाजिरी मेसिनमा कुनै समस्या देखिए गाउँपालिकाको सूचना अधिकृत र प्रशासन शाखा प्रमुखलाई तत्काल जानकारी गराई मेसिन सुचारु गराउनु पर्ने गाउँपालिकाको भनाइ छ ।

सूचना अधिकृत र प्रशासन शाखा प्रमुखले पनि यथासम्भव छिटो मेसिन सुचारु गराउनुपर्ने बताउँदै यस सम्बन्धी ढिलासुस्ती भए सम्बन्धित कार्यालय वा विद्यालयका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत वा गाउँपालिका अध्यक्षलाई सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

जनतालाई सेवा प्रदान गर्ने काममा कागजात बिना अनुपस्थित हुने गलत अभ्यास अन्त्य गरी गुणस्तरीय सेवा प्रवाह गर्नेमा गाउँपालिकाले विश्वास लिएको छ । 

प्रतिक्रिया दिनुहोस