६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठूला योजनामा ध्यान दिन सके प्रदेशको विकास चाँडै हुन्छ : यादवचन्द्र शर्मा

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशले ठूला योजनामा काम गर्नुपर्ने बताएका छन् ।

बागमती प्रदेशसभाको दोस्रो कार्यकालको बैठकमा पहिलो पटक सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशको विकास र रोजगारीको सृजनाको लागि प्रदेश सरकारले ठुला योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सम्बोधन गर्दै प्रमुख शर्माले भने ‘बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्त्विक अन्तर नभएको गुनासो सम्बोधन हुनुपर्छ । हामीले बजेट विनियोजन गर्दा ठूला ठूला जलविद्युत आयोजनाहरू, नमूना कृषि फार्महरू, प्राविधिक शिक्षालयहरू र उद्योगहरूको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौँ भनेमात्र रोजगारीका अवसरहरू सृजना हुनेछन्, उत्पादनमा वृद्धि हुनेछ, निर्यात बढ्नेछ र समग्र देशको अर्थतन्त्रमा देखिएको सङ्कट सामना गर्न मद्दत पुग्नेछ ।’

उनले प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन नदिई जनताहरूको आशा एवं विश्वासलाई व्यवहारमा मूर्त रूप दिनका लागि जनमुखी सरकारको अवधारणा अनुरूप प्रदेश सरकारका नीति, कार्यक्रम, बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक रहेको उल्लेख गरे ।

बागमती प्रदेशमा हाइड्रोजन प्लान्ट स्थापना गरी ऊर्जाको क्षेत्रमा वृहत् परिवर्तन ल्याउन सकिने भन्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशमा रहेको वनको संरक्षण र सदुपयोग गरी हेटौडा वरिपरिका सम्भावित क्षेत्रहरूमा मरीच खेती र नदी किनाराका भिराला पाखाहरूमा चिउरी, केरा, आँप, कटहर, भूइँकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिने बताए ।

उनले परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रूपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न विलम्ब नगर्न अनुरोध गरे ।

‘किसानहरूले उत्पादन गरेको फसलहरूको बजार सुनिश्चित गर्ने,उन्नत किसिमका मल,बिउ-विजन र प्रविधि उपलब्ध गराउने लगायतका किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मुक्त भई निर्धक्कतापूर्वक कृषकले सकेजित उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गर्न पनि प्रदेश प्रमुखले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस